प्रतिव्यक्ति आय बढ्यो, वार्षिक आम्दानीरु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिव्यक्ति आय बढ्यो, वार्षिक आम्दानीरु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

काठमाडौं १२, नेपालीहरुको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएकाे छ ।

आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ ।

राष्ट्रिय योजना आयोगले केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।

तर, त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो ।

विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ ।

केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ ।

विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि छ ।

आर्थिक वर्ष २०७४/७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।

सेवा क्षेत्र अन्र्तगत खुद्रा वयापार, होटल तथा रेष्टुरेनट, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत सेवा पर्दछ ।

जीडीपीमा निर्माण क्षेत्रको योगदान ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३.२६ प्रतिशत, कृषि तथा वनको २७.१० प्रतिशत र विद्युतको १.१९ प्रतिशत योगदान रहने अनुमान छ ।
यस्तै प्राथमिक क्षेत्रको २८.२१ प्रतिशत योगदान रहने अनुमान पनि विभागको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका