Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उर्जालाई अर्थको साथ, लोडसेडिङ घटाउन दियो ५ अर्ब – Gaule Khabar

उर्जालाई अर्थको साथ, लोडसेडिङ घटाउन दियो ५ अर्ब

उर्जालाई अर्थको साथ, लोडसेडिङ घटाउन दियो ५ अर्ब

काठमाडौँ, मंसिर २७–

विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु पाँच अर्ब ३७ करोड बजेट थप निकासा गरेको छ ।

ऊर्जा मन्त्रालयले प्रस्ताव गरेअनुसार नै बजेट निकासा गरिएको बताइएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज उक्त बजेट विनियोजनसम्बन्धी निर्णय सदर गर्नुभएको हो । विद्युत् पोल, तार केवल, ट्रान्सफर्मर, नयाँ मिटर खरिदका लागि सो रकम खर्च गरिने उपप्रधानमन्त्री महराका प्रेस विज्ञ त्रिभुवन पौडेलले बताउनुभयो ।

प्रेस विज्ञ पौडेलका अनुसार उक्त रकम विशेषगरी ऊर्जा सङ्कट न्यूनीकरण कार्ययोजनामा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको विद्युत् सङ्कट समाधान विषयक छलफल कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले ऊर्जा मन्त्रालयको सबै प्रस्तावमा अर्थले स्वीकृति प्रदान गरिसकेको बताउनुभयो ।

ऊर्जा मन्त्रालयले प्रस्ताव गरेको इन्जिनियरिङ परामर्श कम्पनी, विद्युत् व्यापार कम्पनीलगायत विषयमा स्वीकृति प्रदान गरिसकिएको बताउँदै उहाँले भन्नुभयो – तर राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा भने हालसम्म कुनै निर्णय हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका