Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चिकित्सक नहुँदा बिरामीले दुःख पाए – Gaule Khabar

चिकित्सक नहुँदा बिरामीले दुःख पाए

चिकित्सक नहुँदा बिरामीले दुःख पाए

गाईघाट ९उदयपुर०, मंसिर २२ –

। जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् ।

दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् ।

दुई महिनाअघि मात्र प्रसूति सेवासम्बन्धी एक चिकित्सक अमितकुमार ठाकुरको करार सेवाको समय अवधि सकिएर ठाकुर राजधानी काठमाडाँैतिर गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसम्बन्धी चिकित्सकको अभाव भएको अस्पतालका कर्मचारीले बताएका छन् ।

डाक्टरको अभाव भएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवाका लागि आउने दैनिक २० भन्दा बढी बिरामी बाध्य भएर जिल्लाबाहिर सेवाका लागि जानु परेको अस्पतालका कर्मचारीले बताए ।

त्रियुगा नगरपालिका–७ का रमणदेव चौधरी भन्छन्, “आफूले आफ्नो श्रीमतीको गर्भ बसेको अवस्थादेखि नै जिल्ला अस्पतालमा लगेर डाक्टरसँग जँचाउने गरेको थिएँ, तर दुई महिनादेखि डाक्टर नभएपछि आफूले श्रीमती धरानको बिपी मेमोरियल अस्पतालमा लगेर प्रसूति गराउन बाध्य भएँ ।”

यस्तै, जिल्लाको साउने खाँबु–६ का खम्बबहादुर मगरको पनि यस्तै गुनासो छ, । मगर भन्छन्, “आफ्नो बुहारीलाई प्रसूति सेवाका लागि जिल्ला अस्पतालमा लगे पनि चिकित्सक नहुँदा बाध्य भएर बिसौँ हजार खर्च गरेर एम्बुलेन्समा पूर्वाञ्चलको कोसी अस्पताल विराटनगर लगेर शल्यक्रिया सहितको उपचार हुन पुग्यो ।”

अहिले जिल्ला अस्पताल उदयपुरमा चिकित्सकका अभावमा प्रसूति सेवाका शल्यक्रिया सहितको प्रसूति सेवा हुन नसकेपछि जिल्लाका धेरै प्रसूतिका बिरामी भने जिल्लाबाहिर जान बाध्य हुनुपरेको गुनासो व्यापक बढ्दै जान थालेको छ ।

यस विषयमा जिल्ला अस्पताल उदयपुरका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीसँग सम्पर्क गर्दा करारको चिकित्सकको समय अवधि सकिएर अन्यत्र गएपछि अहिले अस्पतालमा समस्या आएको कुरा बताउनुभएको छ ।

अर्का प्रसूतिसम्बन्धी चिकित्सकको व्यवस्थापन गर्न पहल भइरहेको खत्रीले बताउनुभयो । तर अस्पतालजस्तो संस्थामा चिकित्सक नहुनु र दैनिकरुपमा प्रसूति सेवा लिन आउने बिरामी चिकित्सक नहुँदा दशौँ हजार खर्च गरेर जिल्लाबाहिर जान बाध्य हुनुपर्ने अवस्थाले जिल्लावासीले समस्या भोग्नुपरेको उदयपुरवासी बताउँछन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका