नेकपा माओवादी सोलुबाट सूरवीर, असिस र राजेन्द्रको नाम संघीय उम्मेदवार सिफारिस

नेकपा माओवादी सोलुबाट सूरवीर, असिस र राजेन्द्रको नाम संघीय उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रत्यक्ष तर्फ हेमकुमार राई “सूरवीर”, असिम राई, शिवबहादुर बस्नेत “राजेन्द्र”को नाम सिफारिस गरेको छ । सूरवीर वर्तमान प्रतिनिधि सभा सदस्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हुन् भने राजेन्द्र माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन, असिम माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुका संयोजक तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष हुन् ।

सल्लेरीमा सम्पन्न जिल्ला समन्वय समितिको विस्तारित बैठकले प्रदेश सभा (क) प्रत्यक्ष तर्फ गोम्बु शेर्पा (कर्ज्याङ०, हिमाल गिरी, जुद्द बहादुर कार्की, राम कुमार राई, रामेश्वर कार्कीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ ठमनाथ पराजुली, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा, दावा तेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा समानुपातिक तर्फ दिल बहादुर नेपाली, पासाङ शेर्पाको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (क) र (ख) बाट समानुपातिक तर्फ क्रमश स् दिव्या खालिङ राई, शारदा माया तामाङ, दीपक श्रेष्ठ, रग्बा शेर्पा, अमृता कुलुङ, प्रल्हाद राई, बलबहादुर राई, धन कुमार विश्वकर्मा, केशर बहादुर राई, टेक बहादुर बस्नेत, अनिसा राईलाई समानुपातिक तर्फ प्रदेश उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका