विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने

विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने

काठमाडौँ, मंसिर २८–

संविधान संशोधन विधेयकको विपक्षमा मत राख्ने नेकपा (एमाले)सहित आठ दलको संयुक्त बैठकले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म संसद् नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित नेकपा (एमाले)को संसदीय दलको कार्यालयमा आज बसेको आठ दलको बैठकका बारेमा जानकारी दिँदै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म विरोधका कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँलेसरकारले विधेयक फिर्ता लिएको खण्डमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बारेमा छलफल भएको जानकारी दिनुभयो ।

संविधान संशोधनको विधेयकमाथि विपक्षी दल मात्र नभएर सत्ता साझेदार दलका नेताहरुमा समेत असहमति देखिएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको र सरकारले सो विधेयक फिर्ता लिनुको विकल्प नभएको बताउनुभयो ।

सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उहाँले थप्नुभयो – “संविधाने संशोधन ५ नं क्षेत्रका जनता र संसद्ले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।”

बैठकमा नेकपा (एमाले) नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल परिवार दल, नेपाः पार्टी, जनमुक्ति लोकतान्त्रिक पार्टी, मधेसी समता पार्टी गरी आठ दलका नेताहरु सहभागी हुनुहुन्थ्यो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ