रजत महोत्सवको अवसरमा खेलकुद तथा स्टेशनरी सामाग्री सहयोग

रजत महोत्सवको अवसरमा खेलकुद तथा स्टेशनरी सामाग्री सहयोग

चितवन, मंसिर २०–

राष्ट्रिय सुस्त मनः स्थिति कल्याण संस्था नेपाल, चितवन शाखाले रजत महोत्सवको अवसरमा आज (सोमबार) नारायणगढस्थ्ति प्राथमिक बिद्याललाई खेलकूद तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

रजत महोत्सव मुलसमिति संयोजक तथा संस्थाका सभापति राजकुमार श्रेष्ठको अध्यक्षता तथा स्थानीय बरिष्ठ समाजसेवी रामप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामप्रसाद श्रेष्ठले यस संस्थाको स्थापनामा केही योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गर्दै संस्थालाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मुल समिति संयोजक राजकुमार श्रेष्ठले सबै अपांगताको क्षेत्र मध्ये बौद्दिक अपांगता क्षेत्रको गहनता बारे प्रकाश पार्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ