Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्थानीय निर्वाचनमा महिलालाई अवसर दिउँः मानवी – Gaule Khabar

स्थानीय निर्वाचनमा महिलालाई अवसर दिउँः मानवी

स्थानीय निर्वाचनमा महिलालाई अवसर दिउँः मानवी

ज्ञानु पंगेनी,
नवलपरासी, मंसिर २६–

साँसद शान्ता मानवीले अब हुने स्थानीय निर्वाचनमा महिलालाई अवसर दिनुपर्ने बताएकी छिन् ।
महिलाहरु असक्षम भएको भन्दै निर्वाचनमा महिलालाई अगि सर्न नदिने परिपाटी अझै हाम्रो समुदायमा रहेकाले राजनीतिमा महिला सहभागिता न्यून रहेको उनले बताईन् । हिमाल, पहाड र तराईका महिलालाई शशक्त बनाई अबको स्थानीय निकायको निर्वाचनमा महिलालाई अग्रपङ्गतीमा ल्याउनुपर्ने उनले जोड दिईन् । अखिल नेपाल महिला संघ नवलपरासीको आयोजनामा आईतबार कावासोतीमा भएको महिला हिंसाविरुद्धको १ दिने अन्र्तसम्वाद कार्यक्रममा बोल्दै मानविले यस्तो बताएकी हुन् । यस्तै उनले महिला अधिकार र स्वतन्त्रताका कुरा मात्रै गरेर बस्ने समय नहरेको भन्दै सबै महिलाले अध्ययन र सक्षम बन्दै आफनो स्थान आफैले सुरक्षित गर्न आगैह समेत गरिन् ।
अखिल नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष पदमा जिशी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर २ का सासंद जीवन श्रेष्ठ, ३ का सासंद कृष्ण पौडेल, एमाले जिल्ला अध्यक्ष रोशन वहादुर गाहा, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य विमला अर्याल, नेपाल महिला संघकी सभापती कमला तिवारी पराजुली लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रमको संचालन अखिल नेपाल महिला संघ नवलपरासीकी सचिव लिला थनैत पोख्रेलले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका