Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमरा गोल्डकपः पोखरामाथि वीरगञ्जको रोमाञ्चक जित – Gaule Khabar

सिमरा गोल्डकपः पोखरामाथि वीरगञ्जको रोमाञ्चक जित

सिमरा गोल्डकपः पोखरामाथि वीरगञ्जको रोमाञ्चक जित

दुष्यान्त चौधरी,
बारा, माघ २२–

सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप अन्तरगत आज भएको खेलमा सहारा क्लब पोखरामाथी वीरगन्ज युनाईटेड क्लबले रोमाञ्चक जित हात पारेको छ । जितसंगै वीरगञ्ज सेमीफाईनलमा समेत प्रवेश गरेको छ ।
सिमरा रंगशालामा शनिवार भएको खेलमा सहारामाथी १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । वीरगन्जको जितमा बिकास राईले निर्णायक गोल गरे ।
सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार गरेको सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो ।
एकेडेमीका तीन खेलाडीसहित मैदानमा उत्रिएको सहाराले वीरगन्जविरुद्ध पहिलो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।
खेलमा अग्रता लिएपछि पहिलो हाफमा वीरगंज हावी भयो । सुरुवातदेखी आक्रामक खेल खेलेको वीरगन्जले खेलको ३३ औं मिनेटमा कप्तान अमर डंगोलको पासलाई बिकास राईले फितलो प्रहार गरे । डिबक्सभित्रको बलमा उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको अन्तिम समयमा पाएको तीन वटा उत्कृष्ट अवसर वीरगन्जले चुकायो ।
सहाराका सहायक प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका