दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा दुईदिने स्वास्थ्य शिबिर सञ्चालन हुदै

दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा दुईदिने स्वास्थ्य शिबिर सञ्चालन हुदै

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले गौरवको आयोजनाका रूपमा लिएको दुधकोशी सामुदायिक अस्पताल उद्घाटनका अवसरमा स्वास्थ्य शिबिर आयोजना गरिने भएको छ ।

पूर्बप्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्ने बताइएको ५० शैय्याको सो अस्पताल १० करोड १० लाख ७२ हजार ७५६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

गाउँपालिकाको केन्द्र मुक्लीमा निर्मित सो अस्पतालको उद्घाटनका लागि अध्यक्ष प्रचण्डसहित अर्थमन्त्री जनार्दन शर्मा, सोलुखुम्बु संघीय माननीय हेमकुमार राई “सूरवीर” प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो “मौसम” लगायतका नेताहरु सोमबार थुलुङदुधकोशी आउने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी गराए ।

सोही अवसर पारेर आईतवार र सोमबार स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ । विषेशज्ञ चिकित्सकहरुको उपस्थितीमा आयोजना गरिने उक्त शिविरमा दन्त, सबै प्रकारका स्त्री रोग चिकित्सा सेवा प्रदान गरिने छ । शिविरका लागि आवश्यक तयारी पूरा भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका