Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक सय ९० जनाको स्तन र पाठेघरको परीक्षण – Gaule Khabar

एक सय ९० जनाको स्तन र पाठेघरको परीक्षण

एक सय ९० जनाको स्तन र पाठेघरको परीक्षण

चितवन, मंसिर २५–

पूर्वी चितवनको खैरहनी नगरपालिका–१५ शान्तिबजारमा शनिबार स्तन र पाठेघरको मुखको परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।
शान्ति युवा क्लव शान्तिबजारको आयोजना, राज मेडिकल हल र गौतम मेडिकल हलको सहआयोजना तथा क्यान्सर स्क्रिनिङ क्लिनिकको प्राविधिक सहयोगमा एक दिने शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ९० जनाले स्तन र पाठेघरको मुखको परीक्षण गराएको शान्ति युवा क्लवका सचिव धु्रवराज खनालले जानकारी दिए । परीक्षण गराएका मध्ये १ जनामा क्यान्सरको गम्भीर शंका रहेकाले पुनः परीक्षण गराउनु पर्ने भेटिएको, ३ जनामा क्यान्सर सुरु हुने अवस्था देखिएको र ४ जनामा मासु पलाएको पाईएको सचिव खनालले बताए । क्यान्सर अस्पताल भरतपुर तथा क्यान्सर स्क्रिनिङ क्लिनिकका विषेशज्ञ मन्जु शर्मा र सर्मिला न्यौपानेको टोलीले परीक्षण गरेको थियो ।

cancer-3

स्तन तथा पाठेघरको परीक्षण गराउन अझै पनि लाज मान्ने प्रवृती रहेकाले गाउँमै सेवा दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष रामशरण दाहालले बताए । परीक्षणसंगै स्तन र पाठेघरको मुखमा लाग्ने क्यान्सर, क्यान्सरबाट बच्ने उपायका बारे प्रशिक्षण समेत दिईएको थियो । स्क्रिनिङ विषेशज्ञ सर्मिला न्यौपानेले सहभागी महिलाहरुलाई प्रशिक्षण दिएकी थिईन् । सो शिविरमा खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका विभिन्न वडाका महिलाहरुले स्वास्थ्य लाभ लिए ।

cancer-1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका