सोलुखुम्वु । सोलुखुम्वु जिल्ला चिनाउनलाई त्यति धेरै शब्दहरु थुपारेर वयान गरिरहनु जरुरी छैन । संसारले चिनेको विश्वको सवोच्च शिखर सग रमाथा यहि छ । यँहाका प्राकृतिक सम्पतिहरुको एक एक परिचय दिन थाल्यो भने संस्कृतमा लेखिएको महाभारत भन्दा ठूलो पुस्तक नै वन्छ । यित भए प्रकृतिका वरदान,पछिल्लो समय मुलुकको राजनीतिक परिवर्तन सँगै संघीय संरचनामा रुपान्तरित भए पछि नँया व्यवश्था र सोच अनुरुप सर्वागिन विकासको लागि सहज रुपमा वाटो खुलेको अवश्थामा भौगोलिक वनोटले गा्रमिण भनिएका गाँउ टोलमा नँया प्रविधि र सन्चारको सहायताले थप टेवा पुगेको छ । सोलुखुम्वु जिल्लामा एक नगरपालिका सहित सात वटा गाँउ पालिकाहरु छन जस मध्ये थुलुङ दुधकोशी गाउँपालिका पनि एक हो । हालसालै मात्रै यस गाँउ पालिकाले मोवाइल एप मार्फत गाँृउपालिको सम्पूर्ण गतिविधीहरु सहज रुपमा प्राप्त गर्न सूचना मुलक मोवाइल एप सार्वजनिक गरेको छ ।
मोवाइलको प्ले स्टोरमा गएर Thulungdudhkoshi Rural Municipality डाउनलोड गरेर यस गाँउ पालिकाको वारेमा सम्पूर्ण जानकारीहरु हेर्न सकिने छ । गाउँपालिकाको मोबाइल एपमा हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थान र आपतकालिन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । अरु गाँउपालिका वारे गुगल ठेगाना मै लग इन गर्दा पनि सहज रुपमा सूचना जानकारी पाउन मुस्किल परिरहेको वेला अरु गाँउ पालिकाको लागि एक उदाहरणीय सिकाई भएको छ । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखीम गा। वि। स। मिलेर स्थापीत भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा। वि। स। को कार्यालयमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोसी गाउँपालिका र दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका ।जनसङख्याको आधारमा हेर्दा नगरपालिका पछिको ठुलो गाउँपालिका हो । यस गाउँपालिकामा विशेष गरी थुलुङ रार्इहरुको बाहुल्यता रहेको छ साथै अन्यजातजातीहरु क्षेत्री, गुरङ्ग, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमार्इ, जोगी, सार्की, भुजेल लगायतअन्य जातजातीहरुको समेत बसोबास रहेको छ। यस गाँउपालिका सांस्कृतिक सामाजिक र प्राकृतिक हिसावले पनि धनी छ ।
यस थुलुङ दुधकोशी गाँउपालिकामा प्रविधी वाहेक नमुना वस्ती इको भिलेज ,अर्गानिक उत्पादनको लागि पाँच क, वृहत्तर ओगानेम विकास योजना लगायत ५० शैयाको सामुदायिक अस्पताल खोल्ने योजना पनि अगाडि सारेको छ । अव मोवाइल एप मार्फत संसारको जुनसुकै कुनावाट मोवाइल फोनको माध्यम वाट सम्पूर्ण जानकारी सहित गुनासो गर्न सकिने छ । सूचना र प्रविधिको नजरवाट गाँउ पालिका मध्ये पहिलो हो दुधकुण्ड नगरपालिकाले भने केहि महिना अगाडि नै मोवाइल एप सार्वजनिक गरेको थियो । समग्र सोलुखुम्वु जिल्लाको गाँउपालिकाको चुनाव वेला राजनीतिक नेताको भाषण र घोषणा पत्रलाई फर्केर हेर्ने हो भने २१ औ शताब्धीको कम्पूटर र प्रविधीको जमानामा के कति कामको शुरुवात गरे के गर्दैछन आफैलाई हेक्का होला । तर आधिकारिक वेपसाईट पेजमा राखिएको थुलुङ गाँउपालिकाको अध्यक्ष असिम राईको वक्तव्य विचार झै राजनैतिक आस्था भन्दा माथि रहेर सहभागितात्मक विकासको मुल मन्त्रलाई आत्मासाथ गर्दै सदाचारयुक्त, समुन्नत र समतामुलक समाज निर्माणको महान कार्यमा लम्किने र भौतिक, सामाजिक तथा आर्थिक विकासको माध्यमले रोजगारी सृजना गरि आत्मनिर्भर गाउँपालिका बनाउने काममा निरन्तर साथ, सहयोग, सहभागिता एवं सल्लाह र सुझावको अपेक्षाका साथ अघि वढने हो भने समाज निर्माण र परिवर्तनका खातिर असम्भव भन्ने शब्द शब्दकोश मै मात्र सिमित रहलाा भनेर अनुमान गर्न सकिन्छ ।