सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना

सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुबाट ओखलढुंगाका लागि छुटेको बोलेरो दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
सल्लेरीबाट छुटेको प्रदेश १–०७–००१ च ०००५ नम्बरको बोलेरो शुक्रबार अपरान्ह ओखलढुंगाको रमाइलोडाँडामा दुर्घटना भएको हो । दुर्घटना हुदा सिद्धिचरण नगरपालिका ७ विगुटारका ४४ वर्षीय नाम्गेल शेर्पा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

शेर्पाको टाउकोमा चोट लागेका हुदा ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बोलेरो अनियन्त्रित भएर सडकमुनि खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बोलेरोमा चालकसहित ४ जना सवार थिए । अन्यको अवस्था भने सामान्य रहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका