Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कागजात नभएका आप्रवासीमाथि अमेरिकामा व्यापक धरपकड, सयौं पक्राउ – Gaule Khabar

कागजात नभएका आप्रवासीमाथि अमेरिकामा व्यापक धरपकड, सयौं पक्राउ

कागजात नभएका आप्रवासीमाथि अमेरिकामा व्यापक धरपकड, सयौं पक्राउ

काठमाडौं,फागुन १ –

 अमेरिकी अधिकारीहरूले व्यापक मात्रामा छापा मारेर कागजात नभएका सयौं आप्रवासीहरूलाई पक्राउ गरेकोे समाचार संस्था एएफपीले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि सञ्चालन भएको यो सबैभन्दा ठूलो छापा भएको बताइएको छ ।

यसबाट आप्रवासी समुदायमा आतंक पैदा भएको छ । समाचारअनुसार संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)ले लस एन्जलस, न्युयोर्क, सिकागो, अस्टिन र एटलान्टा सहरमा छापा मारेका थिए ।

गत जनवरी २५ मा ट्रम्पले बिनाकागजात बसेका आप्रवासीहरूलाई देशनिकाला गर्ने विषयको कार्यकारी आदेश जारी गरेपछि यो कदम चालिएको बताइएको छ ।

तर संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीले भने यो आफ्नो नियमित काममात्र भएको बताएको छ ।

आईसीईका प्रवक्ता जेनिफर एल्जियाले यो अपरेसनको उद्देश्य आईसीईको यसअघिको भगौडा खोज अपरेसन टिमले सञ्चालन गर्ने गरेको अपरेसनजस्तै भएको बताएकी छन् ।

आईसीईको लस एन्जलस अपरेसनका प्रमुख डेभिड मरिनले उक्त क्षेत्रबाट करिब १६० जना पक्राउ परेका बताएका छन् । तीमध्ये करिब ७० प्रतिशत यसअघि गुन्डागर्दीको आरोपमा दोषी पाइएको उनले बताए । केही मानिस भने कागजात नभएका कारण नै पक्राउ परेको उनले जानकारी दिएका छन् ।

ट्रम्प सत्तामा आएपछि गएको शुक्रबार रातिसम्ममा ३७ जना मेक्सिकन अमेरिकाबाट निकाला भइसकेका छन् ।

आवासीय क्षेत्रहरू तथा कार्यस्थलमा भएको छापा मार्ने तथा पक्राउ गर्ने कामपछि अमेरिकामा विरोध पनि भइरहेको छ । साथै डेमोक्रटिक पार्टीका निर्वाचित जनप्रतिनिधिहरू यो कदमबाट चिढिएका छन् ।

क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा मात्र १० लाख बिनाकागजातका आप्रवासी रहेको बताइएको छ ।

“राष्ट्रपति ट्रम्पको नीति परिवर्तनले हाम्रा मूल्यमान्यतालाई धोका दिएको छ,” डेमोक्रेटिक सिनेटर डियान्ने फियान्स्टेनले भनिन् ।

समाचारअनुसार टेक्सास राज्यको अस्टिनमामा पनि एक लाख गैरकानुनी आप्रवासी छन् । त्यहाँबाट एक व्यक्ति पक्राउ परेको समाचार प्रकाशनपछि प्रर्दशन भइरहेको छ ।

त्यहाँका डेमोक्रेटिक पार्टीका सांसद जोक्वीन क्यास्ट्रोले बिनाकागजातका आप्रवासीलाई लक्षित गरी पक्राउ अपरेसन सुरु भएको पुष्टि गरेका छन् ।
उनले आईसीई अधिकारीहरूलाई ‘के तिनीहरू साँच्चिकै  समुदायका लागि खतरनाक र चुनौती थिए ?’ भन्ने प्रश्न पनि गरेका छन् ।
अमेरिकाको न्युयोर्कमा १५ लाख बिनाकागजातका आप्रवासी रहेको बताइएको छ ।

स्मरणीय छ, यसअघिका राष्ट्रपतिहरूमध्ये निवर्तमान राष्ट्रपति बाराक ओबामाको पालमा सबैभन्दा धेरै आप्रवासीहरूलाई देश निकाला गरिएको थियो । त्यसमा पटकपटक मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई लक्षित गरिएको थियो ।

केही दिनअगाडि अमेरिकाले १४ वर्षदेखि अमेरिकामा बस्दै आएकी मेक्सिकोकी ३६ वर्षीया गौडालुपे गार्सियालाई देशनिकाला गरेको थियो । गार्सियाले झुटो विवरण पेस गरेर जागिर खाएकी थिइन् ।

उनले सन् २००९ मै दोष स्वीकार गरेकी थिइन् । २०१३ मा उनलाई पक्राउ गरेर देश निकाला गर्न खोजिएको भए पनि ओबामा प्रशासनले बस्न छुट दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका