बैतडी, माघ २८ –
भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर बैतडी, दार्चुलाका सीमानाकामा कडाइ गरीएको छ ।
अरुबेला भन्दा शुक्रबारदेखि सीमामा जाँच कडाइ गरीएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । यस्तै दार्चुलामा भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन झिकेको छ ।
तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावत गर्न निकै सास्ती भएको छ । पुल नहुँदा तुइनको विकल्प छैन । सीमामा रहेको तुइन झिकेपछि दैनिक उपभोग्य सामग्री ल्याउन पनि कठिनाइ भएको दुहु क्षेत्रका बासिन्दाले बताएका छन् ।
सीमा पारिको भारतीय क्षेत्रमा त्यहाँका सुरक्षाकर्मीले नियमित बाक्लो गस्ती गरिरहेका छन् । दार्चुलाको खलंगा, जौलजिबी र दत्तु नाकामा पनी सुरक्षा जाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिनु भयो ।