Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल-भारत सीमामा कडाइ, भारतीय सुरक्षाकर्मीले झिके महाकालीको तुइन – Gaule Khabar

नेपाल-भारत सीमामा कडाइ, भारतीय सुरक्षाकर्मीले झिके महाकालीको तुइन

नेपाल-भारत सीमामा कडाइ, भारतीय सुरक्षाकर्मीले झिके महाकालीको तुइन

बैतडी, माघ २८ –

भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर बैतडी, दार्चुलाका सीमानाकामा कडाइ गरीएको छ ।

अरुबेला भन्दा शुक्रबारदेखि सीमामा जाँच कडाइ गरीएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।  यस्तै दार्चुलामा भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन झिकेको छ ।

तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावत गर्न निकै सास्ती भएको छ । पुल नहुँदा तुइनको विकल्प छैन । सीमामा रहेको तुइन झिकेपछि दैनिक उपभोग्य सामग्री ल्याउन पनि कठिनाइ भएको दुहु क्षेत्रका बासिन्दाले बताएका छन् ।

सीमा पारिको भारतीय क्षेत्रमा त्यहाँका सुरक्षाकर्मीले नियमित बाक्लो गस्ती गरिरहेका छन् । दार्चुलाको खलंगा, जौलजिबी र दत्तु नाकामा पनी सुरक्षा जाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका