Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘आमाको माया छात्रावस’लाई स्टेशनरी सहयोग – Gaule Khabar

‘आमाको माया छात्रावस’लाई स्टेशनरी सहयोग

‘आमाको माया छात्रावस’लाई स्टेशनरी सहयोग

चितवन, मंसिर २२–

भरतपुर नवरत्न टोलमा रहेको आमाको माया छात्रावासलाई स्टेशसनरी समान सहयोग प्राप्त भएको छ । भूकम्पप्रभावित सात जिल्लाका आमाविहिन १६ बालिकाहरु सो छात्राबासमा आश्रय लिइरहेका छन् ।
पूर्व गृहराज्यमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले छात्राहरुलाई कपि सहयोग गरेका छन् । उनले एक महिना पुग्ने गरि कपी बुधबार सहयोग गरेका हुन् । यस्तै प्रयास नेपालले स्कूल व्याग तथा न्यानो कपडा सहयोग गरेको छ । संस्थाकी अध्यक्ष मनि जोशीले आर्थिक अभावमा पढाई छाड्ने वातावरण आउन नदिन सो सहयोग गरेको बताइन् । प्रयास नेपालले बच्चा, महिलाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेको छ ।
भूकम्पप्रभावित वस्ती दाहखानी पुगेर फर्किए लगत्तै अनाथ बालबालिकालाई सहयोग गर्ने लक्ष्य सहित आमाको माया छात्रावास खुलेको हो । गत पुषदेखि सञ्चालनमा रहेको सो छात्राबासमा बस्ने बालिकाहरु नजिकैको हिल्वर्ड बोर्डिङ स्कूलले पचास प्रतिशत छुटमा पढाएको छ । आमाको माया छात्रावासकी अध्यक्ष कृष्णकुमारी गिरीले छात्रावासमा स्वास्थ्य सेवा सहज रुपमा व्यवस्थापन गर्न नसकिएको बताइन् । छात्रावासकी आमा सावित्रि ढकालले पुण्यतिथि, वर्थडे, मुठीदानबाट छात्रावासको सञ्चालन खर्च चलाइएको बताइन् । महिला नेतृ विनु रायमाझीले आमाविहिन बनेका छात्राहरुलाई शिक्षाको पहुँचमा पु¥याउन आग्रह गरिन् । सो छात्रावासमा नर्सरी, केजी पढ्ने तीन तीन जना, एकमा चार जना, दुईमा दुई जना, पाँचमा र सात कक्षामा एक एक जना अध्ययन गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका