Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री – Gaule Khabar

कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री

कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री

नवलपरासी, माघ २७–

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँग भएका विभिन्न सन्धिसम्झौतासम्बन्धी समस्या दुई देशबीच कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने बताउनुभएको छ ।

अन्तरदेशीय नदीहरुमा जल सुशासनका लागि अन्तर्राष्ट्रिय जल पदयात्राको शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री डा. महतले कूटनीतिक पहलबाटै समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री डा महतले हुलाकी मार्गको निर्माण चाँडै सुरु हुने जानकारी दिँदै गण्डक पीडित र हुलाकी सडकको समस्या छिट्टै दीर्घकालीन रुपमा समाधान हुने बताउनुभयो ।

सो अवसरमा गण्डक नदी सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले विसं २०१६ मा भएको गण्डक सम्झौतानुसार नेपाली पक्षले लाभ लिन नसकेको, पानीको बाँडफाँट सन्तुलित नभएको र भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै सम्झौता पूर्ण कार्यान्वयनका लागि दबाब दिन अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
गण्डक क्षेत्रअन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिँचित हुनुपर्ने सम्झौतामा रहे पनि भारतले निर्माण भएको सरंचनानुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिँचित भइरहेकाले पूर्ण सिँचित क्षेत्र बनाउनका लागि आफूले पहल गरेकाले कार्यान्वयनको चरणमा रहेको केवटले बताउनुभयो ।
सो अवसरमा सांसद विक्रम खनाल, देवकरण कलवारलगायतले सम्झौता पुनरवलोकन गर्नुपर्ने विचार राख्नुभएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका