Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिजनकै बेलामा मल छैन किसानलाई – Gaule Khabar

सिजनकै बेलामा मल छैन किसानलाई

सिजनकै बेलामा मल छैन किसानलाई

भुवन पाण्डे,

बुटवल मंसिर २३-

गहुँ र तोरी सिजनका लागि यो वर्ष पनि मल अभाव देखिएको छ । मल बढी चाहिने सिजनमै मल ल्याउन टेण्डर प्रकृयामा सरकारले चासो नदिँदा अभाव भएको हो । पश्चिमका जिल्लाहरुमा मल ढुवानी गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ्ग कर्पोरेसन भैरहवा शाखामा धानको सिजनमा सकिएको मल अझै नआएको बताएको छ ।

पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्ने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवामा पनि मल स्टक छैन । गहुँका लागि चाहिने डिएपी मल नपाएपछि सिमा नजिकका केही किसानहरुले भारतीय बजारबाट गुणस्तर र पोषकतत्व कम भएको रासायनीक मल राख्ने गरेका छन् । यसले एकातिर रकम बढी खर्च हुने र अर्कोतिर उत्पादन बढाउन नसक्ने भएकाले अनुदानको सरकारी मलको आयात समयमै व्यवस्था मिलाउन कृषि वीज्ञहरुको सुझाव छ ।

गहुँ र तोरी सिजनकालागि यो वर्ष कार्यालयमा युरीया साढे १२ हजार टन, डिएपी १० हजार ५ सय र पोटास २५ सय मेट्रिक टन आएको कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका कार्यालय प्रमुख गोबिन्द पराजुलीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका