चितवन, माघ १९–
व्यवस्थापिका संसद सदस्य रामकृष्ण घिमिरेले पश्चिम चितवनको विजयनगर–छाहारीचोक कालोपत्रे सडकको शिलन्यास गर्नु भएको छ ।
संसद विकास कोषबाट विनियोजित बजेट ४० लाख रुपैयाँको लागतमा विजयनगर देखि छाहारीचोक सम्मको एक किलो ७ सय मिटरको सडक कालोपत्रे गर्न लागिएको हो । सो सडकको सदस्य घिमिरेले आज एक कार्यक्रमकाबीच शिलन्यास गर्नु भएको हो ।
सडक निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनसहभागिताले मात्रै विकास निर्माण सम्भव हुने बताउनुभयो । जनसहभागिता नभएको स्थानमा विकासको गति ढिलो हुने भन्दै विकास निर्माणमा सबै जनता एक भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले स्थानिय तहको निर्वाचनको समय आईसकेकाले सबै जनतालाई निर्वाचनमा लाग्नका लागि आग्रह गर्नु भयो । काँग्रेसले दुई तिहाँई बहुमतका साथ विजयी प्राप्त गरेको खण्डमा मात्रै देशको विकास हुने भन्दै उहाँले यस तर्फ लाग्न समेत सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चितवनका स्थानिय विकास अधिकारी श्रवण कुमार पोखरेलले विकासका लागि लगानि गरीएको बजेट विकास निर्माणमानै खर्च गर्नुपर्ने भन्दै यसले जनतालाई राष्ट्र प्रति बफादार रहन सिकाउने समेत बताउनु भयो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष श्रीबहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।