खेलकुद प्रतियोगिताको उद्घाटनका लागि मन्त्री राजभण्डारी मुक्ली आउने

खेलकुद प्रतियोगिताको उद्घाटनका लागि मन्त्री राजभण्डारी मुक्ली आउने

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा आयोजना हुने खेलकुद प्रतियोगिताको उद्घाटनका लागि १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री वुद्विकुमार राजभण्डारी आउनुहुनेभएको छ । फागुन १ गतेदेखी सन्चालन हुने चौथो अध्यक्ष रनिङ शिल्ड तथा १३ औं राष्ट्रपति रनिङ शिल्ड एवम वृहत् साङ्गितिक साझ कार्यक्रमको उद्घाटनका लागि मन्त्री राजभण्डारी मुक्ली आउनुहुने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार फागुन ६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्घाटनमा मन्त्री सहित प्रदेश साम्सद गोम्बु शेर्पा कर्ज्याङ सहित विशिष्ट व्यक्तिको उपस्थिति रहने छ ।  फागुन १ देखि ३ गते सम्म स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुनेछ भने ४ गते देखि ६ गते सम्म अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितातामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयका खेलाडी सहभागी हुनेछन । यस्तै अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा जिल्ला भित्रका वडा स्तरीय महिला पुरुष भलिबल खेलाडी सहित व्याटमिन्टन र टेबलटेनिसका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

अध्यक्ष रनिङ शिल्डमा प्रथम, द्वितीय र तृतीय हुने भलिबल खेलाडीले क्रमश १ लाख, ७५ हजार र ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै सिङ्गल महिला व्याटमिन्टन प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीले नगद ५ हजार, ४ हजार र ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने डबल पुरुष व्याटमिन्टन प्रतियोगिता तर्फ १० हजार, ८ हजार र ६ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

यस्तै, थुलुङ दुधकोशी गाउँपालिका स्तरीय महिला पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले ४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

फागुन ६ गते साङ्गितिक साझ पनि हुने आयोजले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका