Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिला हिंसा विरुद्ध राज्य सशक्त भएर उभिन्छ –मन्त्री खड्का – Gaule Khabar

महिला हिंसा विरुद्ध राज्य सशक्त भएर उभिन्छ –मन्त्री खड्का

महिला हिंसा विरुद्ध राज्य सशक्त भएर उभिन्छ –मन्त्री खड्का

पोखरा,माघ १४ –

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले मुलुकको समग्र विकासका लागि महिला सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।

पोखरा– १६ बाटुलेचौरस्थित हिमालय क्लबद्वारा उहाँको सम्मानमा आज यहाँ आयोजित समारोहमा मन्त्री खड्काले महिला सशक्तिकरण कार्यलाई राज्यले विशेष प्राथमिकतामा राखेको छ भन्नुभयो ।

उहाँले कुनै पनि प्रकारका महिला हिंसा राज्यलाई स्वीकार हुने छैन्, यसका विरुद्ध राज्य सशक्त भएर उभिन्छ भन्दै हिंसामा परेका महिला, सडक बालबालिका र वृद्धवृद्धाको संरक्षणको दायित्व सरकारले लिने धारणा व्यक्त गर्नुभयो ।

‘स्थानीय तहको निर्वाचन जतिसक्दो छिटो होस् भन्ने चाहना र प्रतिवद्धता सरकारको छ, मन्त्री खड्काले भन्नुभयो – यस सम्बन्धी विधेयक पास गराउन फास्ट ट्र्याकबाट अघि बढेकाले अव निर्वाचन हुँदैन कि भनेर कसैले शङ्का गर्नु हुदैन् ।’

राष्ट्रिय परोपकार महासङ्घका अध्यक्ष पण्डित कमलनयन गौतमले समाज, राष्ट्र र जनताको हितका लागि असल नियतका साथ काम गरेमा त्यस्ता व्यक्तिलाई समाजले सधँै सम्मान गरिरहने बताउनुभयो ।

क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो समारोहमा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्ण केसी, राप्रपाका जिल्ला अध्यक्ष जयलाल पुन र अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष पद्मबहादुर कार्कीलगायतले समाजसेवाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

समारोहमा बाटुलेचौरका ४७ भन्दा बढी सङ्घ संस्थाले मन्त्री खड्कालाई अभिनन्दन गरेका थिए । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका