Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कक्षा १० को अनिवार्य विषय परिवर्तन हुने, पुस्तक भने छाप्नै बाँकी – Gaule Khabar

कक्षा १० को अनिवार्य विषय परिवर्तन हुने, पुस्तक भने छाप्नै बाँकी

कक्षा १० को अनिवार्य विषय परिवर्तन हुने, पुस्तक भने छाप्नै बाँकी

काठमाडौँ, माघ ७ –

नयाँ शैक्षिक सत्रसँगै कक्षा १० को पाठ्यपुस्तक परिवर्तन भएर आउने भएको छ । आगामी वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि पुस्तक छाप्ने काम भने बाँकी नै छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा १० को अनिवार्य ६ वटै विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण)को पाठ्यपुस्तक परिवर्तन हुन लागेको जानकारी दिए ।
निर्देशक काप्रीले प्रत्येक १० वर्षमा पाठ्यक्रममा सामान्य संशोधन तथा परिमार्जन गरिने गरेको बताए । त्यसैअनुसार आगामी शैक्षिक सत्रदेखि सामान्य परिमार्जन तथा संशोधनसहित पुस्तक प्रकाशन हुन लागेको हो । सामाजिक शिक्षामा गत वर्ष जारी भएको संविधान तथा निर्वाचनसम्बन्धी विषयवस्तु थपिनेछ भने अन्य विषयहरुमा पनि केही विषयवस्तु परिवर्तन भएर आउन लागेको छ ।
जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिल पोखरेलले कक्षा १० को एक लाख पुस्तक छपाइ सक्न अझै एक साता लाग्ने बताए । केन्द्रले कक्षा १० को तीन वटा विषयको पाठ्यपुस्तकको कभर छापिसकेको छ । नयाँ शैक्षिक सत्रका लागि ३ करोड ७२ लाख ५२ हजार पाठ्यपुस्तक चाहिन्छ । यसमध्ये १ करोड २१ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको केन्द्रले जनाएको छ ।
केन्द्रले कक्षा १ देखि ५ सम्मका ३४ लाख ५० हजार २३ विद्यार्थीलाई आवश्यक हुने १ करोड ७२ लाख थान पुस्तक छाप्ने जिम्मेवारी निजी प्रकाशकलाई दिएको छ । कक्षा ६ देखि कक्षा १० सम्मका २३ लाख ७ हजार विद्यार्थीका लागि आवश्यक २ करोड १ हजार ८ सय ४० थान पाठ्यपुस्तक भने केन्द्र आफैंले छाप्नेछ ।

कक्षा सुरु हुनुभन्दा १५ दिनपहिले नै स्कुलमा पाठ्यपुस्तक पुर्याउनुपर्ने भए पनि अहिलेको छपाइको गति हेर्दा बेलैमा सबैतिर किताब पुर्याउन सकिने सम्भावना नदेखिएको सरोकारवालाहरूले बताएका छन् ।
शैक्षिक सत्र सुरु हुनुअघि बाँकी पुस्तक तयार गर्न दैनिक १ लाख ३९ हजारका दरले छाप्नुपर्ने हुन्छ । तर, अहिलेको दैनिक छपाइ क्षमता ८२ हजारमात्रै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका