मंसिर ३०–
एसिया कप अन्तरगत आज भइरहेको नेपाल र श्रीलंका बिचको खेलमा निर्धारित ५० ओवरको खेलमा श्रिलंकाले नेपाललाइ २२८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । उसका लागि हसिथा बोयागोडाले सर्बाधिक ८३ रनको योगदान दिए ।
इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए।