स्थानीय तहमा काँग्रेसलाई शसक्त बनाउन कोइरालाको निर्देशन

स्थानीय तहमा काँग्रेसलाई शसक्त बनाउन कोइरालाको निर्देशन

चितवन, पुस २–
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले स्थानीय तहमा पार्टीलाई अझ सशक्तरुमा स्थापित गराउन सकृयपूर्वक लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाली काँग्रेस रत्ननगर नगर समितीको आयोजनामा शनिबार भएको कार्यकर्ता भेटघाट, बनभोज तथा सम्मान कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय निकायको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन अहिलेदेखि नै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
रत्ननगरस्थित टिकौली चौरमा आयोजना गरिएको कार्यक्रमका बिशेष अतिथी तथा कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले केन्द्रका गतिबिधिबारे स्थानीय नेता कार्यकर्तालाई जानकारी गराउनुभएको थियो ।

यसैबी नेपाली कांग्रेस रत्ननगर नगर समितीले रत्ननगर नगरपालिका भित्र ७० बर्ष पुगेका ज्येष्ठ क्रियाशिल सदस्यलाई सम्मान गरेको छ । नगरका २ सय २५ जना ज्येष्ठ क्रियाशिल सदस्यलाई सम्मान गरिएको नगर सभापति रुपनराज घिमिरेले जानकारी दिनुभयो ।

यस्तै उहाँका अनुसार विभिन्न क्षेत्रमा रहेर समाजमा योगदान पुर्याएका १५ अगुवालाई समेत कार्यक्रम सम्मान गरिएको थियो ।

यसैबीच बिभिन्न दलबाट पार्टी परित्याग गरि ३ सय ३८ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन । उनिहरुलाई प्रमुख एवंम काँग्रेस महामन्त्री डा. शशांक कोईराला तथा केन्द्रिय सदस्य प्रदिप पौडेलले अबिर र खादा ओढाई पार्टी प्रबेश गराउनुभएको थियो ।

कार्यक्रममा कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ, सांसदहरु शेषनाथ अधिकारी, साबित्री चौधरी लगायतले बोल्नु भएको थियो ।

यस्तै कार्यक्रममा पुर्व सांसद एकनाथ रानाभाट, महासमिती सदस्य राजेन्द्र बुर्लाकोटी, अर्का महासमिती सदस्य दिनेश कोईराला, जिल्ला उपसभापति कैलाश कोईराला, जिल्ला सचिब उत्तम जोशी लगायतको सहभागिता रहेको थियो ।

नेता–कार्यकर्ताबिचको सम्बन्ध अझ प्रगाढ बनाउन र स्थानिय तहमा पार्टीले अब लिने रणनितिका बिषयमा छलफलका लागी कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस रत्ननगरका नगर समितीका सभापति रुपनराज घिमिरेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ