Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ज्यापू संस्कृतिले नेपाली संस्कृतिको महत्वलाई बढाएको विचार – Gaule Khabar

ज्यापू संस्कृतिले नेपाली संस्कृतिको महत्वलाई बढाएको विचार

ज्यापू संस्कृतिले नेपाली संस्कृतिको महत्वलाई बढाएको विचार

काठमाडौँ, मंसिर २८ –

ज्यापू संस्कृति विकास कोषले १३ औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा आज यहाँ सांस्कृतिक पहिचानसहितको पदयात्रा गरेको छ ।

कमलादीबाट सुरु गरिएको पदयात्रा रत्नपार्क, नयाँ सडक, लगन, भीमसेनस्थान हुँदै भित्री नगरको परिक्रमा गरी वसन्तपुरस्थित समारोहस्थलमा आएर समापन गरिएको थियो । ज्यापू समुदायको बसोबास हुने विभिन्न टोल तथा स्थानबाट बाजागाजा, झाँकीसहित पदयात्रामा सहभागी हुन सो समुदायका प्रतिनिधि कमलादीमा भेला भएका थिए ।

सो समुदायका पुरुषले दौरा सुरुवाल तथा महिलाले कालो धोती ९हाकु पटासी० लगाएर नाच्दै, गाउँदै पहिचान र संस्कृतिको संरक्षण गर्न माग गरेका थिए । काठमाडौँ उपत्यकाका कृषक ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाडका रुपमा आज यमरी पकाएर खाने चलन छ । आजको दिनलाई यमरी पुन्ही समेत भनिन्छ ।

सो अवसरमा नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोलले ज्यापू दिवसको महत्वलाई बढाउन गैरज्यापूले भूमिका निर्वाह गर्न सकेमा त्यसले नेपाली समाजमा सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ज्यापू संस्कृति विकास कोषका कावा अध्यक्ष मङ्गलसिंह महर्जनले ज्यापू संस्कृतिले नेपाली संस्कृतिको महत्वलाई बढाएको बताउँदै यसको मौलिकतालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

झीः ज्यापू मिसा पुचका अध्यक्ष छोरी डङ्गोलले विविधताले भरिएको नेपाली समाजमा ज्यापू दिवसलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका