Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शशांक कोइराला भन्छन्- चुनाव गर्न नसके प्रचण्डले कुर्सी छोड्नुपर्छ – Gaule Khabar

शशांक कोइराला भन्छन्- चुनाव गर्न नसके प्रचण्डले कुर्सी छोड्नुपर्छ

शशांक कोइराला भन्छन्- चुनाव गर्न नसके प्रचण्डले कुर्सी छोड्नुपर्छ

काठमाडौं माघ २० –

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री महामन्त्री शशांक कोइरालाले चुनाव गर्न नसके प्रधानमन्त्रीले कुर्सी छाड्नुपर्ने बताएका छन् ।

वैशाखको मसान्तमा जसरी भएपनि चुनाव गर्नुपर्नेमा जोड दिँदै विहिबार विहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा महामन्त्री कोइरालाले अब चुनाव बाहेक अर्को विकल्प नभएकाले सरकारले आफ्नो कदम अगाडी बढाउनुपर्ने बताए ।

संसदबाट गािण्तका आधारमा संविधान संशोधन पारित सम्भव नभएकाले अब त्यसमा अल्झिनु ठीक नभएको उनको तर्क छ । ‘चुनाव मात्रै अहिलेको विकल्प हो, छिटो भन्दा छिटो तुनावमा जानुपर्छ’ कोइरालाले भने, ‘अब मधेसी मोर्चाको चिक्त बुझाउनु संविधान संशोधन ल्याएकै होनी पारित भएन भन्ने पार्ने र चुनावमा जाने बाटो रोज्नुपर्छ ।’

उनले यो सरकारले स्थानिय निकायको चुनाव गराउने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताए । यदि प्रचण्ड नेतृत्वको सरकारले चुनाव गर्न नसके उनले कुर्सी छाड्नुपर्ने कोइरालाले बताए । कांग्रेस अबका तीनवटै चुनावसम्म माओवादीसँगको सहकार्य कायम रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ