काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए । कार्यक्रममा विशेष अतिथीको रुपमा सम्बोधन गर्दै वरिष्ठ चलचित्र निर्देशक कमल राइले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरुलाई शुभकामना एंव बधाई ज्ञापन गरे ।
कार्यक्रमका सभापति एंव अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकहरुलाई प्रोप्साहन र हौसला प्रदान गर्नको निम्ती नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए । उनले भने -‘डान्स डाइरेक्टरहरुलाई पहिलोपटक प्रोत्साहन दिनको निम्ति हामीले अवार्ड कार्यक्रम आयोजना गरेका हौँ ।’ अध्यक्ष गुरुङले अवार्डको फाइनल कार्यक्रमको मिती तय नभइसकेको र चाडै नै आफ्नो अधिकारीक वेवसाइट,सामाजिक सञ्जालमार्फत जानकारी गराइने जनाए ।
संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । उनले पर्दा पछाडी रहदै आएका तर मुख्य भूमिका निर्वाह गर्दै आएका नृत्य निर्देशकहरुलाई आफ्नो कामको मुल्यांकन र हौसला प्रदान गर्न अवार्ड आयोजना गरिएको बताए ।
अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका छन भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका छन । कार्यक्रम संस्थाका आर्थिक संयोजक चुडामणी फुयालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातीको नृत्य निर्देशक बिधामा रितु खड्का, प्रबिन भुजेल, कृष्ण राना र नबिना के.सी., तामाङ जातीको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, थारु नृत्य निर्देशक विधामा नारयणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, सङ्खर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, सङ्खर बिश्वकर्मा र सुनिल गिरि, थकाली नृत्य निर्देशक। विधामा सोनु लामा र सुरज तामाङ झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोक चन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युबराज गुरुङ- झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ- घाटु मा मनोनयनमा परेका छन ।