अब एमालेको सदस्यता लिन लिखित परीक्षा दिनुपर्ने, चितवनबाट भयो सुरुवात

अब एमालेको सदस्यता लिन लिखित परीक्षा दिनुपर्ने, चितवनबाट भयो सुरुवात

चितवन,मंसिर २५-

व्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमालेले नेपालमै पहिलोपटक पार्टीको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।यसको सुरुआत चितवनबाट हुन लागेको छ । चितवनमा आइतबार एमालेले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ ।

नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुनलागेको जानकारी दिनुभयो ।

कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उहाँले बताउनुभयो ।सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गर्नुभयो ।परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएको पनि उहाँले जानकारी गराउनुभयो । लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ ।

दलहरुको ध्यान संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्छ: उपाध्यक्ष शाक्य

asta-laxmi-shakya

पत्रकार सम्मेलनमा उपाध्यक्ष शाक्यले संविधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो ।उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै ‘साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्छ भन्नुभयो ।सीमाङ्कनको विषयमा आयोगमार्फत काम गराउनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनेतर्फ अग्रसर हुन सरकारलाई आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ