कर्नाली नदी छेउछाउ अत्यधिक वन विनास

कर्नाली नदी छेउछाउ अत्यधिक वन विनास

कचहरी डट कम ।। सिमकोटदेखि दार्मादेउलीसम्मको यात्रा गर्दा व्यक्तिगत तथा सामुहिक रुपमा अत्यधिक रुपमा वन विनास भएको पाइन्छ । यसबारे  न त स्थानीयवासीहरुले कतै उजुर बाजुर गरेका छन् न त यसबारे कुनै पहल नै ।

वर्षेनी विभिन्न घरायसी प्रयोजन, अस्थायी खेतीपाती र पशुवस्तुका लागि सयौं रुखहरु कटान गर्ने चलन बढ्दै गएको देखिन्छ । यी रुखहरु कानुनी, वातावरणीय तथा जैविक रुपमा दुलर्भदेखि अति दुलर्भ रुखसम्म परेको देखिन्छ ।

खार्पुनाथदेखि दार्माको देउलीसम्मको यात्रामा केही मात्रामा गन्ती गर्दा पनि करीब दुई हजारभन्दा धेरै रुखहरु अनावश्यक रुपमा कटान गरिएको पाइएको छ । स्थानीयवासीहरुले केही रुखहरुलाई विना इजाजत काटेर प्रयोग गर्दै गरेको देखिन्छ भने धेरै रुखलाई काटेर खोरियाको लागि प्रयोग भएको पाइएको छ ।

यिनीहरुले न त जिल्ला वन कार्यालय हुम्लाबाट इजाजत लिएका छन्, न त सामुदायिक वन र कबुलियत वनबाट पुर्जी नै । यसरी कटान भएर जाने हो भने जलवायु परिवर्तनको असर गाउँ गाउँमा पनि छिटो पर्ने देखिन्छ ।

यस्तो गैह्र कानुनी कामले एकातिर सरकारी राजस्वमा घाटा लागेको छ भने अर्कातिर दुलर्भ वनस्पतिहरु पनि कानुनी अज्ञानता र राजनीतिक दबदबा कारण नासमाँस भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका