मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु

झापा, पुस ४–

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज ल्याइए पनि उनीहरुको उपचारकै क्रममा राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ