Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा चिनी उद्योगहरुबीच किसानसँग उखु खरिद गर्न होडबाजी – Gaule Khabar

नवलपरासीमा चिनी उद्योगहरुबीच किसानसँग उखु खरिद गर्न होडबाजी

नवलपरासीमा चिनी उद्योगहरुबीच किसानसँग उखु खरिद गर्न होडबाजी

हरि शर्मा

नवलपरासी, माघ २८ –

नवलपरासीका चिनी उद्योगहरुबीच किसानसँग उखु खरिद गर्न होडबाजी नै चलेको छ । खेतबाट उखु बिक्री गर्न हिडेका किसानलाई बीचबाटोमै रोकेर उद्योगीले बढी रकम दिने भन्दै खरिद गर्न थालेका हुन् ।

कुनैबेला आफ्नो उत्पादनको वर्षौंवर्षसम्म पनि भुक्तानी नपाएर हैरान भएका उखु कृषक अहिले भने दंग छन् ।समयमा भुक्तानी नपाएर हैरानी ब्यहोर्नु नवलपरासीका उखु कृषकको वर्षेनिको नियति थियो । तर यसवर्ष भने ठीक उल्टो भएको छ । बरु उखु किन्न उद्योगीको तँछाडमँछाड मात्र भएको छैन, बढी रकम दिएर किन्ने होड नै चलेको छ । यसबाट उखु कृषक भने खेती लगाउन उत्साहित देखिएका छन् ।

उत्पादन घटेपछि क्रसिङ्ग गर्न उखु अपुग हुँदा उद्योगहरुले एकले भन्दा अर्कोले बढी रकम दिएर किन्न थालेका हुन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ निर्धारण गरेको छ । तर जिल्लाका दुई उद्योगले पाँच सय १७ रुपैयाँ तत्काल भुक्तानी दिएर खरिद गरेको तथा अर्को उद्योगले भने पाँचसय ३१ रुपैयाँ मै उखु खरिद गर्न थालेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।

पहिला चारसय ६० रुपैयाँसम्म उखु बिक्री गरेका किसानसँग अहिले उद्योगहरुले पाँचसय १७ देखि पाँचसय ३१ सम्म किन्न लागेका हुन् । पाँच सय १७ रुपैयाँमा उखु दिने किसानलाई तत्काल भुक्तानी र सरकारी मूल्य अनुसारको रकम लिन चाहने किसानलाई १४ रुपैयाँ पछिदिने शर्तमा उखु किनिएको छ ।

नवलपरासीमा यसवर्ष १६ लाख क्विन्टल उखु उत्पादन भएको छ । अर्कोवर्ष तीनदेखि चार लाख क्विन्टल वृद्धि हुने कृषक बताउँछन् । किसानहरुले अहिलेसम्म १३ लाख क्विन्टल उखु बेचिसकेको यादवले बताए ।

कृषकले उखु उत्पादन कम गर्दा उद्योग सञ्चालनमै समस्या भएको उद्योगीहरुको भनाइ छ । सरकारले तोकेबमोजिम लिने भए पेश्की रकम र सबै भुक्तानी तत्काल लिन चाहनेलाई पाँच सय १७ रुपैयाँ नगदै दिएर उखु किनिएको इन्दिरा चिनी उद्योगका महाप्रबन्धक सुरेन्द्रप्रसाद शुक्लाले जानकारी दिए ।

लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग रहेको नवलपरासीमा १० हजार किसान उखु खेती गरिहरेका छन् । ती उद्योगलाई क्रसिङ्गका लागि वार्षिक ३० लाख क्विन्टल उखु आवश्यक पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका