Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झापाका वरिष्ठ पत्रकार ढकालको निधन – Gaule Khabar

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

सुरुङ्गा ९झापा०,मंसिर २४ –

झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।

मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित बन्नुभएका ढकाललाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । २००९ जेठ १९ गते आइतबार अनारमनी–१ मा जन्मनुभएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

स्व तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मनुभएका ढकालले २०२४ सालदेखि पत्रिकाको सम्पादन गर्ने काम गर्दै आउनुभएको र २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उहाँले १९ वर्षसम्म अध्यापन समेत गराउनुभएको थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका उहाँ नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् हुनुहुन्छ । स्व ढकालका बुबा परशुराम, श्रीमती सावित्रा ढकाल, एक छोरा र चार छोरी हुनुहुन्छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका