Gaule Khabar
शुक्रबार, साउन २७, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

वराहपोखरी गाउपालिकाको पालिका गान सार्बजनिक

खोटाङ जिल्लामा अबस्थित वराहपोखरी गाउपालिकाले आफ्नो पालिका गान सार्बजनिक गरेको छ ।

वराहपोखरी गाउपालिकाको पालिका गान सार्बजनिक

खोटाङ जिल्लामा अबस्थित वराहपोखरी गाउपालिकाले आफ्नो पालिका गान सार्बजनिक गरेको छ ।

पालिकाले पालिकाकै आधिकारिक युटुब च्यानल बाट यही असोज १८ गते पालिका गान सार्बजनिक गरेको हो । ‘स्वर्ग को टुक्रा वराहपोखरी गाउपालिका’ बोलको पालिका गान को शब्द रचना प्रकाश बन्जार (सहयात्री ) र भरत लिमेल मगर को संयुक्त रहेको छ भने सन्तोष खरेलको संगीत रहेको छ ।

वराहपोखरी पालिका गानमा नेपालका चर्चित गायक राजेशपायल राइ,चर्चित गायिका अन्जु पन्त,सुमधुर स्वर कि धनी मेलिना राइ,गायक भरत लिमेल मगर र संगीतकार सन्तोष खरेल को स्वर रहेको छ । यस गानमा प्रदीप श्रेस्ठ को संगीत संयोजन रहेको छ भने रेकोर्डिङ्, मिक्सिङ र मास्टरिङ रदिप श्रेष्ठ को रहेको छ । भोइस रेकोर्डिङ स्टुडिओ कमलपोखरिमा अडिओ तयार गरिएको हो भने गाउले इन्टरटेन्मेन्ट मिडिआ ग्रूप काठमाडौंले भिडिओ तयार गरेको हो ।

भिडिओ मा वराहपोखरी गाउपालिकामा अबस्थित अत्यन्तै मनोरम दृश्यहरु समाबेस गरिएको छ । पालिका गानमा वराहपोखरी गाउपालिकाका सांस्कृतिक तथा पर्यटकिय स्थान हरुलाइ पनी महत्वका साथ सुन्दर रुपमा समाबेश गरिएको छ । गंगाराम राइको छायान्कन तथा सम्पादन मा तयार पारिएको पालिका गान को सुन्दर भिडिओ भरत लिमेल मगरले निर्देशन गरेका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ