WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIhRKmTqHpCMF79n3oAUxq/c/ToitO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 01:40:12', '', 'admlnlx', 'admlnlx')

लोप हुँदै परम्परागत काठेकोल – Gaule Khabar

लोप हुँदै परम्परागत काठेकोल

लोप हुँदै परम्परागत काठेकोल

तम्घास (गुल्मी),  माघ २७ –

आधुनिक प्रविधिअन्तर्गत गाउँघरमा आजभोलि आधुनिक मेसिनको प्रयोगसँगै जिल्लामा तोरी र चिउरी पेल्नका लागि प्रयोग गरिँदै आएका परम्परागत काठेकोल लोप हुँदै गएकशा छन् ।

केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यतिबेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन् । जिल्लाका बडागाउँ, पौदी अमराई, दिगाम, हस्तीचौर बलीथुमलगायत गाविसमा कृषकले काठेकोलको प्रयोग गर्ने गरेका छन् ।
स्थानीयस्तरमा पुराना सामग्रीको संरक्षण नभएपछि काठेकोल लोप हुँदै गएको मुसिकोट गाविस–७ का रेशम चालिसे बताउनुहुन्छ । “पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटो छरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण काठेकोल हराउन थालेका हुन्,” उहाँले भन्नुभयो ।

विगत एकदशक अगाडिसम्म कृषकले काठेकोलको माध्यमबाट तोरी र चिउरी पेलेर घ्यु तेलको जोहो गर्दै आएका थिए । काठेकोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन । तोरी, चिउरी, सरसिउँलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठेकोल निकै उपयोगी भएको बलिुथुम–९ का मनकुमारी सर्तुङ्गीेले बताउनुभयो । गाउँका बुढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका