Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तराईका जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने – Gaule Khabar

तराईका जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने

तराईका जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने

काठमाडौं, माघ ११–

सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भए पनि सार्क देश पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्लामा छनोट गरी कार्यक्रम गर्न लागिएको हो । नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।

युनिसेफले भ्याक्सिनको सहयोग गर्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले रु एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको रु एक करोड १० लाख खर्च हुने अधिकृत श्रेष्ठले बताउनुभयो ।

विश्वले सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । हाल पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देशमा पोलियो नदेखिएको सङ्गठनको भनाइ छ ।

सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका