अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गर्ने अामालाई आजीवन कारावास

अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गर्ने अामालाई आजीवन कारावास

जाजरकोट, मंसिर १७–

परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो ।
जिल्ला न्यायाधीश लीलाराज अधिकारीको एकल इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो । कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन् ।
पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् । उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ