Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कपिलको साथ छाडिन् तमन्नाले, कारण यस्तो – Gaule Khabar

कपिलको साथ छाडिन् तमन्नाले, कारण यस्तो

कपिलको साथ छाडिन् तमन्नाले, कारण यस्तो

मंसिर २१-
चलचित्र ‘किस किसको प्यार करुँ’बाट बलिउडमा प्रवेश गरेका कमेडियन कपिल शर्मा अब दोश्रो चलचित्रमा अभिनय गर्ने तयारीमा छन् । उनले अभिनय गर्न लागेको दोश्रो चलचित्रको नाम ‘फिरंगी’ राखिएको छ । यो चलचित्रको छायांकन चाडै नै सुरु हुदैछ ।
पहिलो चलचित्रको सफलताले हौसिएका कलाकार कपिल दोश्रो चलचित्रबाट फेरि दर्शकको मनमा बस्ने तयारीमा छन् । यो चलचित्रमा कपिलसँग दुई जना नायिकाले रोमान्स गर्दैछन् । नायिका तमन्ना भाटिया र कपिलले पर्दा शेयर गर्ने पक्का भएको थियो । तर, अब तमन्नाले कपिललाई समय दिन नसक्ने बताएकी छिन् ।
तमन्ना अहिले नै चलचित्रका लागि समय निकाल्न नसक्ने अवस्थामा छिन् । तर, कपिलको यो चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । यसैले, अब कपिल र तमन्नाको जोडी चलचित्रमा नदेखिने भएको हो । तमन्नाले चलचित्र खेल्न नसक्ने भएपछि अब कपिलका लागि अर्की नायिका खोज्नु पर्ने अवस्था आएको छ ।
यो चलचित्रमा इसिता दत्ताले पनि कपिलसँग रोमान्स गर्नेछिन् । ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाँझ सुपरस्टार बनेका कपिल बलिउडमा पनि आफ्नो करिअर चम्काउने दाउमा छन् । ( अनलाईन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका