सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्वाचित

सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाण्डौ । नेकपा एमाले सोलुखुम्बुका नेता सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । आज बुधबार भएको मतदानमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पछि पार्दै शेर्पो निर्वाचित हुनुभएको हो । अल्पसंख्यक कोटाबाट उम्मेदवार बन्नुभएका शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार राईले ४ हजार ३सय ६८ मत प्राप्त गर्नुभएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ नाम्चेका ५२ बर्षीय शेर्पा नेकपा एमाले प्रदेश नम्बर १ कमिटी सदस्य समेत हुनुहुन्छ । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका