पर्यटन प्रबर्द्धनका लागि माप्यदुधकोशी गाउँपालिका र टान बीच सम्झौता

पर्यटन प्रबर्द्धनका लागि माप्यदुधकोशी गाउँपालिका र टान बीच सम्झौता

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि माप्य दुधकोशी गाउँपालिका र ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल (टान) बीच साझेदारी सम्झौता भएको छ ।

आइतबार माप्यदुधकोशी गाउँपालिका अध्यक्ष राई र टान अध्यक्ष निलहरी बास्तोलाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

माप्यदुधकोशी गाउँपालिकामा पर्यटन बिकासका लागि मिलेर अघि बढ्ने गरी गाउँपालिका र टानबीच समझदारी पत्रमा हस्ताक्षर भएको गाउपालिक अध्यक्ष राईले बताए ।

एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग र महभीर रक क्लाईम्बिङ सन्चालन भैसकेको छ । लालीगुराँसको घनाजंगल र सगरमाथालगायत ८ हजार माथिका चारवटासहित २३ वटा हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटनको राम्रो सम्भावना देखिएको टानका अध्यक्ष बास्तिलाले बताए । खालिङ राई र शेर्पा संस्कृतिका साथै खुम्बु-मेरापिक गेट वे पदमार्गको अर्को आकर्षण रहेको पनि उहाले बताए।

पालिका र टानबीच आइतबार साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदमार्गको प्रबर्द्धन कार्य अगाडी बढाउन बाटो खुलेको छ । साझेदारी सम्झौता अनुसार अब एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गको प्रोफाइल रिपोर्ट, निश्चित लक्ष्य र दृष्टिकोणसहितको गुरुयोजना निर्माण, पूर्बाधारको सम्भाव्यता अध्ययन, पहिलेका डकुमेन्ट्रीका फुटेजसहित समाबेश गरेर डकुमेन्ट्री निर्माण, सम्भावित ट्रेलको ट्रेकिङ म्याप र अंग्रेजी भाषामा प्रमोशन ब्रोसर तयार गर्ने कार्य हुनेछ । यसका लागि ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपालले युएनडीपी परियोजनामार्फत प्राप्त केहि रकम लगानी गर्नेछ भने टान र गाउँपालिकाले समेत साझेदारी लगानी गर्ने सम्झौता छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका