महावै गाउँपालिका कालिकोटका अध्यक्षको टोलि सोलुखुम्बुको थुलुङ दुधकोशीमा

पालिकाको विकास अनुसरण गर्न लायक: सिंह

महावै गाउँपालिका कालिकोटका अध्यक्षको टोलि सोलुखुम्बुको थुलुङ दुधकोशीमा

सोलुखुम्बु । महावै गाउँपालिका कालिकोटका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उदाहरणीय कार्य गरेको भन्दै प्रसम्सा गर्नुभयो । दुई दिने अध्ययन भ्रमणका लागि एक टोलीको नेतृत्व गर्दै यहाँ आउनुभएका अध्यक्ष सिंहले थुलुङ दुधकोशी गाउँपालिकाको विकास मोडेल सिक्न लायक रहेको बताउनुभएको हो ।

दुई कार्यकाल निर्वाचित हुने जनप्रतिनिधि कमै मात्रमा पाइने भन्दै उहाँले थुलुङ दुधकोशीको अध्यक्ष र उपाध्यक्ष दुबै जना दोहोरिएर काम गरिरहेकाले पनि जनअपेक्षा अनुसार काम भएको बुझिने बताउनुभयो । कार्यव्यस्तताका कारण थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई बाहिर भएकाले भेट हुन नसकेको भएपनि टेलीफोन सम्बाद भएकाले काठमाडौमा भेट्ने भन्दै उहाँले पुनः भ्रमणमा आउने बताउनुभयो ।

नेपालको अन्य स्थानीय तहले समेत थुलुङ दुधकोशी गाउँपालिकाको भ्रमण गरि नमुना कार्यलाई अनुसरण गर्न आवश्यक रहेको उपाध्यक्ष दान सिंह सैजवालले बताउनुभयो । नेतृत्व सक्षम र सबल हुनका साथै समाजका अगुवाको साथ भएको खण्डमामात्रै समानुपातिक विकास संभव हुने कुरा थुलुङदुधकोशीबाट सिक्न सकिने उहाँको भनाइ छ ।

गाउँपालिकामा भएगरेका सामाजिक तथा भौतिक विकास निर्माण लगायतको अध्ययन गर्न उक्त टोली थुलुङ दुधकोशी आएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार महावै गाउँपालिका कालिकोटका अध्यक्ष खेम बहादुर सिंह ( भिजन)को नेतृत्वको भ्रमणटोलीमा उपाध्यक्ष दान सिंह सैजवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, कृषि अधिकृत, लेखा अधिकृत, शिक्षा विद लगायत, इको हिमाल नेपालका कार्यकारी अधिकृत नारायण ढकाल सहित अन्य कर्मचारी रहेका छन ।

उनिहरुले विषेश गरि गाउँपालिकाको प्रशासकीय भवन, प्राविधिक शिक्षालय, प्रदेश स्तरीय खेलमैदान, सामुदायिक अस्पताल, देउसा कृषिवन श्रत केन्द्र सहित अन्य सामाजिक विकासका मोडेलहरुको अध्ययन गरेका हुन । टोलीलाई थुलुङ दुधकोशी गाउँपालिले स्वागत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका