Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्वी चितवनको खोलेसिमलमा विद्युत काउण्टर शुरु – Gaule Khabar

पूर्वी चितवनको खोलेसिमलमा विद्युत काउण्टर शुरु

पूर्वी चितवनको खोलेसिमलमा विद्युत काउण्टर शुरु

शिशिर सिंखडा,
चितवन, माघ २६–

पूर्वी चितवनको कालिका नगरपालिका– ६, खोलेसिमलमा आजबाट विद्युत महसुल काउण्टरको सेवा प्रारम्भ गरिएको छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्र अन्तर्गत खोलेसिमल बजारमा एक कार्यक्रमकाबीच सो काउण्टरको उद्घाटन गरिएको हो ।

सो काउण्टर नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख पदमकान्त झाले उद्घाटन गरेका थिए । कालिका नगरपालिका, रत्ननगर नगरपालिका, सिद्धि र दाहाखानी गाविसका स्थानीयलाई सहज र सरल तरिकाबाट रकम भुक्तानी गर्न सो काउण्टर स्थापना गरिएको हो । स्थानीय करिब १२ हजार ग्राहक लाभान्वित हुने सो काउण्टर उद्घाटनको अवसरमा स्थानीयवासीहरुले बढी भोल्टेज भएका तारको तल जाली राखी सुरक्षा प्रदान गर्न सुझाव दिएका थिए ।

यस अगाडि फ्युज सेवा केन्द्र मात्र रहेको खोलेसिमल बजारमा विद्युत महसुल काउण्टर राख्दा आफुहरु खुशी भएको स्थानीय सुवास खनालले बताए । सो केन्द्रले यस अगाडि भण्डारामा पनि महसुल काउण्टर संचालन गरिसकेको छ । यस केन्द्र अन्तर्गत करिब ५० हजार ग्राहकहरु छन् । सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख पदमकान्त झा, क्षेत्रीय लेखा प्रमुख गणेश दत्त भट्ट, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका निवर्तमान सभापति गणेश शर्मा पौडेल, केन्द्रका सहायक प्रशासकीय अधिकृत ऋषिकेश लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केन्द्रका प्रमुख सुरेश कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा इञ्जिनियर प्रितम राज विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका