Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

मलेसिया जान लागेका २ युवकको गाडी दुद्र्दटनामा मृत्यु

  • admin
  • आइतवार, मंसिर २६, २०७३
मलेसिया जान लागेका २ युवकको गाडी दुद्र्दटनामा मृत्यु

काभ्रे,मंसिर २६ –

झापा दमकको मण्टेज ओभरसिज प्रालि म्यानपावरबाट विदेश जाने प्रक्रियामा रहेका ८ जनासहित ११ जना यात्रु लिएर मंसिर २५ गते साँझ मे १ ज २१९१ नम्बरको महालक्ष्मी टाटा सुमो काठमाडौंतिर आउँदै थियो। कोही विदेश उड्ने तयारीमा थिए, कोही आवश्यक कागजपत्र र प्रक्रिया मिलाउन आउँदै थिए। महोत्तरीको बर्दिबासबाट बीपी राजमार्ग हुँदै काठमाडौं आउने क्रममा आइतबार बिहान ५ बजे काभ्रेको नासिकास्थान १ भैसेपाटीमा बा ४ ख ३५५६ नम्बरको टिप्परसँग ठोक्कियो।

दुर्घटनामा दुई जनाको मृत्यु भयो भने दुई जना गम्भीर घाइते भएका छन्। अरु सामान्य घाइते छन्। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख अनिल घिमिरेका अनुसार मधुमला–७, मोरङका ३५ वर्षिय मदन श्रेष्ठ र गरामनी गाविस–६, झापाका ४१ वर्षिय निलम कार्कीको मृत्यु भएको हो। श्रेष्ठ र कार्कीको सोमबार बेलुका ९ बजेको फ्लाइट थियो सँगै यात्रारत हसन्तपुर गाविस–७ का उमेशकुमार शाहले भने। ‘उनीहरु दुई जना मलेशियाको लागि हिँडेका थिए’ घाइते अवस्थाका शाहले भने। शाह पनि एक हप्तापछि विदेश जाने तयारीमा थिए। अर्का २ जना गम्भीर घाइते छन्। घाइते दमक–१४, झापाका विकास राईका अनुसार गम्भीर घाइते दुबै जनाको आज बुलेका नै ११ बजे कतारको लागि फ्लाइट तोकिएको थियो। बेलुका उडान हुनुपर्ने उनीहरु अहिले शिर मेमोरियल अस्पतालमा उपचाररत छन्। राई पनि साउदी अरब जाने प्रक्रिया मिलाउन काठमाडौं आएका हुन् ।

‘म म्यानपावरले नै पठाएर फिङ्गरिङ गर्न आएको हुँ’ राईले भने, ‘हामी सबैलाई म्यानपावर एजेण्टले संगै जाँदा राम्रो हुन्छ भनेपछि एउटै गाडीमा आउँदै थियौं।’उनको एक महिनापछि फ्लाइट तोकिएको छ।  ‘हामी त बसबाट नै आउन लागेका थियौं, म्यानपावर एजेण्टले नै संगै गए राम्रो हुने र समयमा नै पुग्छ भनेपछि टाटा सुमोमा आयौं’ राईले भने। पैसा कमाएर रमाइलोसंग घर चलाउने सपना बोकेर हिँडेका परिवारको दुर्घटनामा मृत्यु भएपछि परिवार विचल्लीमा छन्। अरनिको राजमार्गमा अत्यधिक गतिमा टिपरहरु गुड्न थालेका कारण पछिल्लो समयमा धेरै दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ। अत्यधिक गतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख (एसपी)  सहकुलबहादुर थापाले बताए । ‘घटनापछि टिपर चालक फरार रहेकाले खोजी कार्य जारी राखेका छौं, अनुसन्धानपछि कारण खुल्नेछ’ प्रहरी प्रमुख थापाले भने। दुर्घटना भएका मध्ये ८ जनाको म्यानपावर एजेण्ट काजीमान बुढाथोकी र राजेश श्रेष्ठ अवस्था बुझ्नको लागि आउँदै गरेको घाइते उमेशकुमार शाहले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ