Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बडाल र अधिकारीलाई केपी ओलीले दिए पति–पत्नीको प्रमाणपत्र – Gaule Khabar

बडाल र अधिकारीलाई केपी ओलीले दिए पति–पत्नीको प्रमाणपत्र

बडाल र अधिकारीलाई केपी ओलीले दिए पति–पत्नीको प्रमाणपत्र

काठमाडौ,माघ २५-

अनेरास्ववियु सचिव समिक बडाल र सचिवालय सदस्य सम्झना अधिकारी सोमबारबाट औपचारिक विवाह बन्धनमा बाँधिए । उनीहरु त्यसरी विवाह बन्धनमा बाँधिदैँ गर्दा विवाहस्थलमा न कुनै जग्गे बनाइएको थियो नत त्यहाँ कुनै बाजागाजाको व्यवस्था नै थियो । उनीहरुको विवाहमा कुनै पुरोहित वा जन्ती पनि थिएनन् ।

बागबजारको एक होटलमा आयोजित विवाह समारोह अलिक फरक खालको थियो । दिनभरी भोकै बस्ने र बेहुला–बेहुलीको गोडा धुने वा पुरोहितले ‘लौ अब शुभलग्न भयो, बेहुलाले बेहुलीलाई सिन्दुर–पोतले लगाउनु’ भन्ने झण्झट पनि त्यहा देखिएन् । करिब तीन बजेतिर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पत्नी राधिका शाक्यसँगै झुल्किएको करिब २० मिनेटमा विवाह समाप्त भयो ।

अनेरास्ववियु महासचिव ऐन महरले कार्यक्रम सञ्चालन गरे । अध्यक्ष नविना लामाले शुभकामना मनतव्य राखिन  । दुबै जनाले बडाल र अधिकारीको विवाह अनेरास्ववियुले गर्न पाएकोमा खुशी व्यक्त गरे । मञ्चमा महासचिव ईश्वर पोेख्रेल, संसदीय दलका उपानेता सुवास नेम्वाङ, सचिव प्रदीप ज्ञवाली, प्रमुख सचेतक भानुभक्त ढकालसहितका नेता थिए । महरले अध्यक्ष ओलीलाई नव दुलाहा–दुलहीलाई शुभकामना दिन आग्रह गरेपछि ओली पनि छेउमै बसेकी पत्नी राधिकासँग केही कानेखुशी गर्दै सम्बोधनका लागि उठे ।

अन्य मञ्चहरुमा राजनीतिक भाषण गर्ने र विरोधीलाई तिखो प्रहार गर्ने ओलीले सोमबार त्यस्तो कुनै पनि आलोचना गरेनन् । बरु नव दुलाहा–दुलहीलाई शुभकामना दिदैँ धेरै ढाँचा–काँचाको विवाहको अन्त्य गरेर सरल विवाह गरेकोमा अनेरास्ववियुलाई धन्यवाद भने ।

जब ओलीले आफ्नो मन्तव्य सके । त्यस लगत्तै अनेरास्ववियुले बडाल र अधिकारीको विवाहलाई औपचारिकता दिनका लागि तयार पारेको प्रमाणपत्र लामाले ओलीको हातमा थमाइन् । त्यसपछि ओलीले प्रमाणपत्र बडाल र अधिकारीको हातमा थमाएपछि सबैले ताली बजाए । तालिसँगै विवाह समाप्त भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका