Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सभापति देउवासंग काँग्रेस चितवनको भेट – Gaule Khabar

सभापति देउवासंग काँग्रेस चितवनको भेट

सभापति देउवासंग काँग्रेस चितवनको भेट

चितवन, मंसिर १६–

चितवनको पुर्नसंरचना प्रति असन्तुष्ट बनेको काँग्रेस चितवनले आज (विहीबार) पार्टी सभापति शेरबहादर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।
नयाँ खाका पेश भैसकेपछिसो प्रतिवेदन पुनः जिल्ला फिर्ता पठाएर साविककै संरचना रहने गरि नयाँ संरचना गर्नुपर्ने पक्षमा लविङ गर्न कांग्रेस चितवनले केन्द्रिय सभापति देउवालाई भेटेर पार्टीको धारणा राखेको हो ।
आफ्नो मागको बारेमा जिल्ला सभापति जितनारायण श्रेष्ठको नेतृत्वमा गएको जिल्ला समितिको टोलीले विहान निजी निवास बुढानिलकण्ठमा पुगेर पार्टी सभापतिलाई जानकारी गराएको हो । टोलीमा चितवनका सांसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, अन्जनी श्रेष्ठ, गीता वाग्ले पनि रहेका छन् । जनताको मागको सम्बोधन नगरी आयोगले आफ्नो मनोमानी गरेको भन्दै त्यसबारेमा जानकारी गराएका थिए । भेटमा पार्टी सभापति देउवाले आफु सकारात्मक रहेको भन्दै जनताको मागलाई सम्बोधन गरेर अघि बढ्ने देउवाको भनाई उदृत गर्दै नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी गराउनुभयो ।

deuba-2

जोशीका अनुसार अब टोलीले राज्य पूर्नसंरचना आयोगका संयोजक बालानन्द पौडेललाई भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पनि टोलीले भेट्ने छ । भने राज्य पूर्नसंरचनाको सवालमा पार्टीको जिममेवारी पाएका केन्द्रिय सदस्य मिन विश्वकर्मालाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
नयाँ खाका पेश भईसकेपछि काँग्रेस चितवन सो प्रतिवेदन पुनः जिल्ला फिर्ता पठाएर साविककै संरचना रहने गरि नयाँ संरचना गर्नुपर्ने पक्षमा लविङ गर्न थालेको छ । दलको समर्थनमा बनेको खाका बिग्रार्ने काम भएको भन्दै काँग्रेस चितवनले पत्रकार सम्मेलन गरि स्थानीय पुर्नसंरचना आयोग चितवनले बुझाएको प्रतिवेदन प्रति ध्यानाकर्षण जनाउँदै तत्काल सच्याउन माग गरेको थियो । उसले १० वटा स्थानीय निकायको खाका समेत पेश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका