Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘राजीनामा दिन्छु’ भन्दै बैठक छाडेर हिँडे सत्यनिरुपणका अध्यक्ष – Gaule Khabar

‘राजीनामा दिन्छु’ भन्दै बैठक छाडेर हिँडे सत्यनिरुपणका अध्यक्ष

‘राजीनामा दिन्छु’ भन्दै बैठक छाडेर हिँडे सत्यनिरुपणका अध्यक्ष

काठमाडौं, माघ  २१-

सत्य निरुपण आयोगको बैठकमा विवाद चर्किएपछि अध्यक्ष सूर्यकिरण गुरुङ ‘राजीनामा दिन्छु’ भन्दै कार्यालय छाडेर हिँडेका छन् । बिहीबार आयोगको गाडी चडेर बाहिरिएका गुरुङले शुक्रबार बिहान कार्यालयमा नआई ड्राइभर र गाडी फिर्ता पठाइदिएका छन् ।

आयोगमा माओवादीको दबाव

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद यही माद्द २७ गते सकिँदैछ । कानूनतः आयोगले निर्णय गरेको खण्डमा एक वर्षसम्म म्याद थप्न सकिने छ । तर, आयोग पदाधिकारीको पटक-पटकको बैठकले पनि यसबारे निर्णय गर्न सकेको छैन । माओवादीको दबावका कारण आयोगले म्याद थप्ने निर्णय गर्न नसकेको आयोग स्रोतले  बतायो ।

आयोगको म्याद थप्नेबारे सरकारलाई सिफारिस पठाउन सरस्वती पूजाको दिन बिहान बबरमहलस्थित आयोगको कार्यालयमा बैठक डाकिएको थियो । तर, बैठक सुरु हुनासाथ ‘मेरो बाहिर काम छ’ भन्दै माओवादी कोटाका आयोग सदस्य श्रीकृष्ण सुवेदी बाहिरिए । सुवेदी दिनभरि महान्यायाधिवक्ताको कार्यालयमा बसे भने आयोगका अध्यक्ष र सदस्यहरु चार घण्टासम्म उनलाई कुरेर बसे ।

श्रीकृष्णलाई चारघण्टा कुरेपछि आयोग अध्यक्ष सूर्यकिरण गुरुङले ‘अब भोलि शुक्रबार बिहान साढे ८ बजे बैठक बसौं’ भन्दै विहीबारको बैठकलाई शुक्रबार सारे ।

शुक्रबार बिहान ९ बजेतिर बैठक सुरु भयो । श्रीकृष्ण बैठकमा त आए तर, मेरो अन्तै जानु छ भनेर फेरि उठेर हिँडे ।

अध्यक्ष गुरुङ र सदस्यहरु लीला उदासी, डा. माधवी भट्ट र मञ्चला झा चारजना सम्मिलित बैठकले सरकारलाई म्याद थपका लागि गर्ने सिफारिसको मस्यौदा तयार पारे ।

त्यही क्रम चलिरहेका बेला दिउँसो साढे १२ बजेतिर श्रीकृष्ण आइपुगे र चारजनाले तयार पारेको मस्यौदामा प्रधानाध्यापकले जस्तै रातो मसीले काटछाँट गर्न थाले ।

बिहान बैठकबाट बाहिरिएका श्रीकृष्ण त्यसबेला प्रधानमन्त्री कार्यालयमा पुगेको र उताबाट अध्यक्ष सूर्यकिरणलाई फोन आएको स्रोत बताउँछ । आयोग स्रोतले भन्यो- ‘फोन आउनासाथ अध्यक्षज्यू नमस्कार भन्दै बैठक कक्षबाट बाहिरिनुभएको थियो, फर्किँदा कालोनीलो देखिनुभयो ।’

शुक्रबारको बैठकमा श्रीकृष्ण सुवेदी र माधवी भट्टबीच विवाद चर्कियो । त्यहाँ अध्यक्ष र अन्य सदस्यहरु खासै सहभागी भएनन् । त्यसपछि अध्यक्ष गुरुङ ‘म राजीनामा दिन्छु’ आयोगबाट बाहिरिए ।

शुक्रबार बिहान ११ बजेसम्म आयोगको कार्यालयमा माधवी भट्टमात्रै उपस्थित छिन् ।

किन निराश भए सूर्यकिरण ?

सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो दुई वर्षे कार्यकालमा ऐनसमेत पाउन सकेको छैन । हालै सर्वोच्च अदालतले गरेको निर्णयका कारण आयोग झनै काम गर्न नसक्ने स्थितिमा पुगेको छ ।

त्यसैगरी सरकारले अहिलेसम्म आयोगले मागेको भौतिक पूर्वाधार र जनशक्ति नदिँदा आयोगले काम गर्न नसकेको र यसबाट अध्यक्ष गुरुङ निराश बनेको स्रोतले बतायो ।

श्रीकृष्णको भूमिकामाथि माओवादीबाटै प्रश्न

पाँच सदस्यीय आयोग आफैंभित्र अन्तरविरोधमा फसेको छ । यसले गर्दा पनि अध्यक्ष गुरुङ निराश बनेको स्रोत बताउँछ ।

माओवादी कोटाबाट आयोगका सदस्य बनेका श्रीकृष्ण सुवेदीले आयोगबारे माओवादी अध्यक्ष प्रचण्डलाई भए नभएका पोल सुनाउने गरेको र आयोगप्रति अविश्वास बढाउने काम गरिरहेको आयोगका एक सदस्यको गुनासो छ ।

यसबारे सोधिएको प्रश्नमा माओवादीका एक उच्च तहका नेताले अनलाइनखबरसँग भने- ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद नथप्ने माओवादी पार्टीको नीति होइन, त्यहाँबाट श्रीकृष्णलाई हटाई अर्को सक्षम व्यक्तिलाई पठाएर भए पनि आयोगलाई काम गर्न दिइनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका