Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

काँग्रेस सभापति देउवा आज चितवनमा

  • admin
  • बुधबार, मंसिर २९, २०७३
काँग्रेस सभापति देउवा आज चितवनमा

चितवन, मंसिर २९–

नेपाली काँग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन आउँदै हुनुहुन्छ ।
दुई दिने कार्यक्रमको शिलशिलामा आज सभापति देउवा चितवन आउन लाग्नु भएको हो । पहिलो दिन आज सभापति देउवा नेपाल महिला संघ केन्द्रिय समितिको ३ नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
होटल स्टार बैङकेट हाकिमचोक भरतपुरमा विहान ११ बजे कार्यक्रमको उद्घाटन गरिने काँग्रेस चितवनले जनाएको छ । यस्तै भोली (विहीबार) नेपाली काँग्रेस चितवनको संगठन सुदृढीकरण एवं जागरण अभियानको विहान ७ बजे जिल्ला विकास समितिको सभाहलमा हुने काँग्रेस चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ