Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेले बनायो प्रादेशिक कमिटी, अध्यक्षका स्वकिय सचिवलाई प्रदेश नं १ को जिम्मेवारी – Gaule Khabar

एमालेले बनायो प्रादेशिक कमिटी, अध्यक्षका स्वकिय सचिवलाई प्रदेश नं १ को जिम्मेवारी

एमालेले बनायो प्रादेशिक कमिटी, अध्यक्षका स्वकिय सचिवलाई प्रदेश नं १ को जिम्मेवारी

काठमाडौ,माघ १७-

नेकपा एमालेले प्रादेशिक संरचनामा सबै पार्टी कमिटीहरुलाई पुनगर्ठन गर्ने क्रममा १४ ओटा अञ्चल सम्पर्क कमिटीहरु विघटन गरेको छ ।
एमालेले आज ७ ओटा प्रादेशिक सम्पर्क कमिटी गठन गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा बसेको विभागको बैठकले प्रदेश नम्बर ४ बाहेक अन्य ६ ओटा प्रदेशक सम्पर्क कमिटीलाई पूर्णता दिएको हो ।

एमालेले प्रदेश नम्बर १ को संयोजकमा इन्द्र भण्डारी र सहसंयोजकमा नन्दकुमार राईलाई जिम्मेवारी दिएको छ । भण्डारी अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव हुन् । त्यस्तै प्रदेश नम्बर २ को संयोजकमा बिल्टु यादव र सहसंयोजक दिवाकर राज भट्टराई तोकिएका छन् । प्रदेश नम्बर ३ को संयोजक श्यामकुमार बस्नेत र सहसंयोजक अशोककुमार ठकुरी चयन भएका छन्।

त्यस्तै प्रदेश नम्बर ५ को संयोजकमा थानेश्वर बस्याल र सहसंयोजक भोजविक्रम बुढामगर चयन भएका छन् । प्रदेश नम्बर ६ को संयोजकमा तुलाराज सिम्खडा छन् भने प्रदेश नम्बर ७ को संयोजकमा शिव ठकुल्ला र सहसंयोजक प्रेमराज भट्टलाई जिम्मा दिइएको एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका