Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनक शिक्षालाई मुख्य मुद्रण कम्पनी बनाउने योजना – Gaule Khabar

जनक शिक्षालाई मुख्य मुद्रण कम्पनी बनाउने योजना

जनक शिक्षालाई मुख्य मुद्रण कम्पनी बनाउने योजना

काठमाडौँ,मंसिर २४ –

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ ।

केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री तालिम केन्द्र बनाउने उल्लेख छ ।

यसअघि पनि सो केन्द्रलाई सुरक्षित मुद्रणालय बनाउने योजना आएकामा कार्यान्वयन हुन सकेका छैनन् । केन्द्रले सरकारी पाठ्यपुस्तकका साथै प्रश्नपत्र, मतपत्र आदि मुद्रणको काम गर्दै आएकामा त्यस्ता सेवाको विस्तारसँगै विविधिकरणका लागि आफूले सञ्चालक समितिका अध्यक्ष तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलाई एक महिनाअघि योजनाको अवधारणा पेस गरेको सायमीले बताउनुभयो ।

केन्द्रको प्रतिस्पर्धी क्षमता कमजोर र बर्सेनि घाटा बढेको सन्दर्भमा व्यावसायिक सोचका लागि यसलाई सञ्चालन गर्न अत्यावश्यक भएको जनाउँदै योजनामा थप चारवटा अफसेट मेसिन खरिद गरी क्षेत्रीय कार्यालयमा समेत पठाउनुपर्ने सुझाव दिइएको छ ।

सरकारलाई रु ७० करोड ऋण तिर्न बाँकी केन्द्रले आगामी वर्षको पाठ्यपुस्तक छपाइका लागि आवश्यक कागज खरिद गर्न सरकारसँग थप रु २५ करोड ऋण मागेको छ । केन्द्रलाई कक्षा ६ देखि १० सम्मका झन्डै दुई लाख थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ ।

निमित्त महाप्रबन्धकमा काप्री

यसैबीच, केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाको कार्यकाल यही मङ्सिर १४ गते सकिएपछि मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रबन्ध सञ्चालकको जिम्मेवारी दिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका